
काठमाडौँ — नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका लागि पहिलो पटक छुट्टै निर्देशन जारी गरेको छ। ‘सीमित बैंकिङ कारोबार गर्ने, अनुमति प्राप्त सहकारी बैंकका लागि निर्देशन २०८२’ नामको यस निर्देशनमा बैंकले पालना गर्नुपर्ने मुख्य नियमहरू समेटिएका छन्। निर्देशनमा चुक्ता पुँजी कति हुनुपर्ने, कर्जा कसरी दिने र जोखिम कसरी व्यवस्थापन गर्ने, लेखा–जोखा र वित्तीय विवरण कसरी बनाउने, तरलता राख्ने व्यवस्था, ब्याजदर निर्धारणलगायत विषय समावेश छन्।
यसअघि २०६७ सालमा राष्ट्र बैंकले सहकारी बैंकलाई सीमित बैंकिङ कारोबारको अनुमति दिएको थियो। कानुनमा सहकारी बैंकबारे स्पष्ट व्यवस्था नभए पनि राष्ट्र बैंकको ऐनअनुसार यस्तो अनुमति दिइएको हो। अनुमति दिँदा राष्ट्र बैंकले ३५ सर्त तोकेको थियो। अब नयाँ निर्देशनले सहकारी बैंकको कामकाज अझ स्पष्ट र नियमनमा ल्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे