
काठमाडौँ, १० भाद्र ।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो ।
पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समयको अभाव भएको भन्दै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भनिएको थियो । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा विवाद देखिएपछि पुनः सुनुवाइ हुने भएको हो ।
मुद्दा सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे