
भैरहवा ,११ मंसिर |रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार एवम् गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने पनि खाणले उल्लेख गरे ।
रुपन्देहीको भैरहवामा आइतबार भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र पाँच वर्षसम्म गठबन्धन रहने र गठबन्धनको सरकार बन्ने पनि बताए ।
प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुङ्ग्याउले बताए । खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे