
काठमाडौँ । कैलाली कारागारमा बिहीबार कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले घटनाको छानबिन भइरहेको बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न तीन जनाको अन्य कारागारमा सरुवा गर्ने क्रममा विवाद भयो र त्यसले झडपको रूप लियो।
ए र बी ब्लकमा रहेका कैदीहरूबीच कुटाकुट भएको हो। झडपपछि कैलाली प्रहरी प्रमुख र डीएसपी घटनास्थल पुगेका छन्। हालैका दिनमा कैलाली कारागारमा लगातार झडप भइरहेका छन्। सामूहिक झडपमा संलग्न कैदीहरू कारागार पठाइएपछि भित्रै पनि विवाद बढ्दै गएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे