
काठमाडौँ — सङ्घीय संसद्का पाँच समितिको बैठक आज बस्दैछन्। निर्धारित तालिकाअनुसार कानुन न्याय तथा मानवअधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक तय भएका छन्।
कानुन समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा’ छलफल हुने समितिका सचिव रामहरि थापाले जानकारी दिनुभयो। महिला तथा सामाजिक मामिला समितिमा ‘मधेसी आयोगको २०८०/८१ को वार्षिक प्रतिवेदन’माथि छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’माथि दफावार छलफल हुनेछ। त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदन’माथि छलफल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे