
नेपालगन्ज, असोज २८ – बर्दिया जिल्लाको सदरमुकाम गुलरिया-८ स्थित नेपाल-भारत सीमामा आइतबार राति गोली प्रहारबाट एक जना नेपाली नागरिक घाइते भएका छन्।
गुलरिया-८ आशापुरका बलराम लोधले राति करिब ७ बजे खेतमा काम गरिरहेका बेला गोली प्रहारको शिकार भएका हुन्। सशस्त्र प्रहरी बल ३१ नम्बर गणका अनुसार लोधलाई गोली लागेको बारेमा राति ८ बजे प्रहरीले जानकारी पाएको थियो।
घाइते लोधलाई तुरुन्तै जिल्ला अस्पताल गुलरियामा उपचारका लागि पुर्याइएको तर उपचार सम्भव नहँुदा उनलाई बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पठाइएको छ।
प्रहरीले गोली कसले चलायो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ। तर, घाइते लोधले भारतीय वनकर्मीले उनमाथि गोली चलाएको दाबी गरेका छन्। उहाँको ढाडमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेकोले गोली कसले र किन चलायो भन्ने बारेमा हालै यकिन जानकारी दिन नसकिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे