
काठमाडौँ । जैसलमेरबाट जोधपुर जाँदै गरेको एउटा निजी बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २० जना यात्रुको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ५७ जना यात्रु बोकेको बस दिउँसो ३ बजेतिर जैसलमेरबाट छुटेको थियो, त्यतिबेला जैसलमेर(जोधपुर राजमार्गको पछाडिको भागबाट धुवाँको मुस्लो देखिएको थियो। स्थानीय बासिन्दा, यात्रु र सेनाका कर्मचारीहरू उद्धार कार्यमा सहयोग गर्न हतारिए भने दमकल र प्रहरी टोलीहरूलाई तुरुन्तै सतर्क गराइएको थियो। घटनापछि मुख्यमन्त्री भजनलाल शर्माका साथै घटनास्थल पुगेका विधायक प्रताप पूरीले सञ्चारमाध्यमसँग कुरा गर्दै बसबाट मृतक सबैको शब निकालिएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, ‘राजस्थानको जैलमेरमा दुर्घटनामा भएको जनधनको क्षतिमा दुखी छु । यस्तो कठिन समयमा मेरो समवेदना पीडित परिवारको साथमा छ । घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ यसका साथै उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ राहत र घाइतेको उपचारका लागि ५० हजार उपलब्ध गराउने घोषणा पनि गरेका छन् । प्रारम्भिक अनुसन्धान अनुसार आगलागी सर्ट सर्किटका कारण भएको आशंका गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे