
काठमाडौँ, २२ असार | अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। बजेट निर्माणमा अनाधिकृत ब्यक्तिलाई प्रवेश गराएको विवादमा मुछिएका अर्थसचिव मरासिनी बिदामा बसेका हुन्।
मरासिनीले मंगलबार आफू बिदामा बस्न लागेको अर्थमन्त्री शर्मालाई जानकारी गराएको अर्थमन्त्रालयको स्रोतले जनाएको छ।
सचिव मरासिनीले मुख्य सचिव शंकरदास बैरागीलाई पनि आफू बिदामा बसेको बारेमा जानकारी गराएका छन् ।
तर कति दिन विदामा बस्ने सो को बारेमा भने केही पनि खुलाइएको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे