
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेका थिए।
मंगलबार खुमलटारस्थित दाहालको निवासमा उक्त भेट सम्पन्न भएको थियो। उक्त भेटमा अर्थमन्त्री पौडेलले बजेट तयारीका विविध पक्षहरूबारे अध्यक्ष दाहालको धारणा बुझ्ने प्रयास गरेका थिए।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको खाका तयार गर्ने क्रममा प्रमुख राजनीतिक दलका नेताहरूसँग परामर्श अघि बढाएको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे