
काठमाडौं, १३ जेठ — राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्।
मंगलबार शीतल निवासमा भेट गर्दै मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटको सार तथा तयारीबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन्।
संविधानअनुसार सरकारले आगामी बिहीबार, जेठ १५ गते, संघीय संसद्मा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। सोही सन्दर्भमा अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई बजेटसम्बन्धी महत्वपूर्ण विषयहरूबारे जानकारी दिएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे