
काठमाडौँ ,२८ भाद्र | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि बयान दिँदै छन् ।महाभियोग सिफारिस समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ ।समितिले तयार पारेका ४३ वटा प्रश्न मध्ये राणाले अझै ८ वटा प्रश्नको जवाफ दिन बाँकी रहेकाे छ ।
महाभियोग सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ ।बयानका क्रममा उनले राजनीतिक दलका शीर्ष नेता र आफ्नै सहकर्मीलाई आरोप लगाएका छन् । त्यस्तै उनले आफूविरुद्धको महाभियोगको औचित्य नै नभएको बताएका छन् ।उनले यस अघिको बयानमा राजनीतिक नेतृत्व, न्यायाधीशहरू, बार एशोसियसनका विषयमा आक्रोश पोखेका थिए ।
गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले जबराविरुद्ध महाभियोग दर्ता भएको थियो ।महाअभियोगमाथि छानबिन गरेर प्रतिवेदन बुझाउन संसदले समितिले तीन महिनाको समय दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे