काठमाडौँ, ६ असोज । नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सुनीलरञ्जन सिंहको समुहले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख भएको प्रावधानलाई उल्लङ्घन गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दिएको रिट आज बिहीवार दर्ता भएको हो ।
अधिवक्ता सिंहले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्नुभएको छ ।
सङ्घीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संविधानको व्यवस्था विपरीत राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरि संविधानलाई नै मिच्ने काम गरेको रिटमा उल्लेख छ ।
दुबै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिद्धारा १५ दिनभित्र प्रमाणिकरण नभएपछि अस्विकृत भएको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधान विरुद्ध उभिएको भन्दै सत्तारुढ दलका नेताहरु असन्तुष्ट बनेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे