
काठमाडौँ — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) साँझ ५ बजे प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। उनी सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता लिएपछि संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता आएको हो।
विश्वासको मतको तयारीस्वरूप नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भएर मत दिन निर्देशन (ह्विप) दिइसकेका छन्। प्रदेश सभामा कुल ५३ सदस्य छन्, जसमा बहुमतका लागि २७ मत चाहिन्छ।
नेपाली कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्। यी दुई दलका मात्रै २९ मत हुने भएकाले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिलाउने सम्भावना बलियो देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे