
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ बुझाइएका बन्दसूचीहरू जाँच गर्न सुरु गरेको छ। आयोगले सूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका गल्ती र कमजोरीबारे जानकारी गराइरहेको जनाएको छ। जाँचपछि सच्याउनुपर्ने विषय उल्लेख गरी आयोगले पुस २० गते दलहरूलाई औपचारिक पत्र पठाउनेछ।
आयोगका अनुसार पुस १३ र १४ गते ६४ दलले बन्दसूची पेस गरेका थिए। तीमध्ये २२ दलले मात्र सबै ११० स्थानमा उम्मेदवार राखेका छन्। केही दलले थोरै स्थानमा मात्रै नाम बुझाएका छन् भने १० दलले न्यूनतम ११ स्थानमा सूची दिएका छन्। समानुपातिक प्रणालीका लागि ९३ दलले आवेदन दिएका भए पनि ६४ दलले मात्र सूची बुझाएका हुन्। आयोगले पुस २१ देखि २७ गतेसम्म सूची सच्याउने समय दिनेछ र अन्तिम सूची माघ २० गते सार्वजनिक गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे