
काठमाडौँ, २६ साउन । देशभर नक्कली डाक्टरकाे बिगबिगी देखिएकाे छ । त्यस्तालाई समात्न प्रहरीले अप्रेशन चलाएकाे छ र हालसम्म आठजना पक्राउ परेका छन ।
‘अपरेसन चार्ली फक्सट्रोट’ देशभर जारी राखेको र हालसम्म आठजना नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेका समातिएकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक उच्च अधिकारीले बताए ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले बिहीबारदेखि अपरेसन चलाएको हो ।
हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा सुनील शर्मा, डा.मनित चौधरी, डा. श्रद्धा सिल्पकार, रन्जितकुमार यावद, अमितकुमार यादव, रामबाबु यादव, एरिना यादव र पुनम थापा पक्राउ परेका सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
पक्राउ परेकाहरुलाई किर्ते मुद्दामा अनुसन्धानको लागि जिल्ला सरकारी वलिक कार्यालयबाट थप अनुसन्धानको लागि म्याद थप्ने तयारीमा सीआईबी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे