
काठमाडौँ , १८ भदौ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो। दुई वर्ष बितिसक्दा पनि यो मुद्दाको अन्तिम किनारा भने लागिसकेको छैन। यो काम भने कांग्रेस नेता तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालमा भएको थियो । यस मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा लगायत प्रतिवादी रहेका छन्। उनीहरूले ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल, सानु भण्डारी लगायत विरूद्ध उजुरी दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे