
काठमाडौँ , १ असोज | आज आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै काठमााडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जीवनमा जीत नभई हार्न सक्नुपर्ने बताएका छन् ।
उनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढे जीवन सफल रहेने बताए ।असफलताले धेरै कुरा सिकाउँने र हार्न सिक्न पर्ने र यसलाई मेहनतका साथ साहसमा परिवर्तन पर्नेमा जोड दिए ।
आफू सँधै गणितमा फेल हुने गरेको तर आज सफल इन्जिनियर बनेको उदाहारण दिँदै मेयर शाहले विद्यार्थीहरुलाई स्कुलमा थोरै नम्बर आउँदैमा हरेश नखान समेत आग्रह गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे