
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१|८२ मा नेपालले इतिहासमै सर्वाधिक निर्यात गर्न सफल भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपालले रु २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवा निर्यात गरेको जानकारी दिएका छन्।
अघिल्लो वर्ष निर्यात रु १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उल्लेख गर्दै उनले यस वर्ष निर्यातमा ८१.८० प्रतिशतले वृद्धि भएको जनाएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे