
काठमाण्डौँ, ८ असार । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दल र नेताहरू सत्ता र गठबन्धनको ‘अंकगणित’मा लिप्त भएर अर्थतन्त्र र मूल्यवृद्धिको ‘बिजगणित’मा कमजोर रहेको टिप्पणी गरेका छन्
सामाजिक सञ्जालमा आज दैनिक उपभोग्य वस्तुको एक बर्षमा ११७ प्रतिशत मूल्यवृद्धिदरको तस्विर राख्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्ने भन्दै उनले अचाक्ली महॅगीले जनताको ढाड भॉचिन लागे पनि सरकारीले केही पहल नगरेको बताएका छन् ।
हेर्नुहोस्, बाबुरामको ट्वीट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे