
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा आर्थिक वर्ष २०८२/०७/१२ गते काठमाडौंमा सम्पन्न भएको छ। सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र अन्य एजेन्डाहरू प्रस्तुत गरिएका थिए।
सभाले बैंकको वित्तीय नतिजा र आगामी रणनीतिक योजनामाथि छलफल गर्दै प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ। सो अवसरमा बैंकले शेयरधनीहरूका लागि ६५ प्रतिशत बोनस शेयर र १४.५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
एभरेष्ट बैंकका अनुसार, यो लाभांश वितरणले बैंकको स्थायित्व, लगानीकर्ता विश्वास र बजार प्रतिस्पर्धामा सुदृढता ल्याउनेछ। बैंकले हालैका वर्षहरूमा कर्जा विस्तार, निक्षेप वृद्धिदर र डिजिटल बैंकिङ सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेको छ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकका रूपमा श्री जी.पी. राजवाहक एण्ड कम्पनी लाई नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बैंकले आगामी वर्षमा ग्राहकमैत्री सेवा विस्तार, वित्तीय समावेशिता र प्रविधि–मुखी बैंकिङ सुधारमा विशेष प्राथमिकता दिने जनाएको छ। एभरेष्ट बैंकले देशभरका शाखा, एटिएम र मोबाइल बैंकिङ प्लेटफर्ममार्फत सेवा विस्तार गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे