
काठमाडौं – बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन्।महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए ।
काठमाडौंबाट फोहोर बाेकेर गएका गाडीलाई स्थानीयवासीले अवरोध गरेका हुन् । अवराेधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ।स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए ।
गत १४ जेठदेखि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे