
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीले फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राखेर तयार पारेको घोषणापत्र आज मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित कार्यक्रमस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक गरिनेछ।
एमाले प्रचारप्रसार संयोजक मीनबहादुर शाहीका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली निर्माण’लाई मुख्य एजेन्डा बनाउँदै सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको छ। आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित पार्टीले रणनीतिक कार्यक्रमहरू पनि प्रस्तुत गर्ने तयारी गरेको छ।
पार्टीले यस घोषणापत्रमार्फत जनतासामु आफ्नो विकास योजना, नीति र निर्वाचन प्रतिवद्धतालाई स्पष्ट रूपमा प्रस्तुत गर्दै मतदातामा विश्वास र सहभागिता बढाउने रणनीति अपनाउने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे