काठमाडौँ , असोज २२ |उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । एमालेसँगको तालमेलमा जसपाले १७ सिट पाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।सत्तारुढ गठबन्धनले जसपालाई २२ सिट पाउने निधो गरेको थियो । तर जसपाले ३२ सिट दाबी गरेको थियो ।
सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधि सभामा प्रदेश नम्बर १ मा दुई सिट, मधेस प्रदेशमा १४ सिट, लुम्बिनी प्रदेशमा एक सिटमा सघाउने छ ।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे