
काठमाडौँ, पुस १ । बङ्गलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने घोषणा अन्तरिम नेता मोहम्मद युनुसले सोमबार गरेका छन्। अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई सत्ताच्युत गरी बनेको कामचलाउ सरकारको नेतृत्व युनुसले गरिरहेका छन्। युनुसका अनुसार आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा बङ्गलादेशमा निर्वाचन हुनेछ।
यसअघि, अगष्टमा शेख हसिनाको सरकारविरुद्ध विद्यार्थी नेतृत्वको विद्रोहका क्रममा हजारौँ प्रदर्शनकारीहरूले ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गरेपछि हसिना भारत भाग्नुभएको थियो। यस विद्रोहमा सयौं मानिसको ज्यान गएको थियो। हसिनाको १५ वर्षे शासनमा मानव अधिकार उल्लङ्घनका घटना भएका थिए, जसमा राजनीतिक विरोधीलाई सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू समावेश थिए।
युनुस, जो नोबेल शान्ति पुरस्कार विजेता पनि हुन्, बङ्गलादेशको लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन्। युनुसले सरकारको नेतृत्व सम्हाल्दै निर्वाचनको मिति सन् २०२5 को अन्त्य वा 2026 को पूर्वार्द्धमा तय गर्न सकिने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे