
काठमाडौँ । संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ। समितिको सभापति चयनका लागि आज (बिहीबार) दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता प्रक्रिया तय गरिएको छ। नेपाली कांग्रेसले उक्त पदका लागि रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले खतिवडाको उम्मेदवारीमा सहमति जुटेको जानकारी दिनुभएको हो।
सुनुवाइ समितिका पूर्व सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली भएको हो। न्यौपानेले समितिको सभापतिबाट राजीनामा दिएर हाल राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नियुक्त भइसकेकी छन् । समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार सभापति निर्वाचन भोलि साँझ ५ बजे सम्पन्न हुने तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे