
एजेन्सि । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा मे २१ मा संघीय निर्वाचन हुने घोषणा गरेका छन् । मोरिसनको सत्तारुढ गठबन्धनसँग हाल ७६ सिट छ। चुनावको घोषणा गर्दै मोरिसनले आर्थिक अनिश्चितताबाट बच्न र सुरक्षालाई प्राथमिकता दिन आफनो पार्टीलाई मतदान गर्न आग्रह समेत गरेका छन्। उहाँले यही मे २१ मा हुने निर्वाचनमा उदारवादीलाई मतदान गरेर मात्रै बलियो भविष्यका लागि बलियो अर्थतन्त्र सुनिश्चित गर्न सकिने दाबी गरेका छन् ।
मोरिसनले विपक्षी लेबर पार्टीले अष्ट्रेलियाका लागि राम्रो आर्थिक विकल्प प्रस्ताव गर्नेछ तर ति सबै झूटा वाचा हुने बताए। उनले जनतालाई यस्ता जालमा नफस्न भनेका छन् । मोरिसनले अस्ट्रेलियालीहरूले पछिल्लो चुनावदेखि धेरै चुनौतीहरूको सामना गरेको बताए, जसमा आगो, बाढी र कोभिड–१९ महामारी समावेश छ। यो अवधिमा सरकारले अन्य देशको तुलनामा धेरै राम्रो काम गरेको दाबी पनि गरे ।
लिबरल VS लेबर पार्टी बीच टक्कर
स्कट मोरिसन अस्ट्रेलियाको ३० औं तथा वर्तमान प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनले अगस्ट २०१८ मा अष्ट्रेलियाको लिबरल पार्टीको नेताको पदभार ग्रहण गरेका हुन् । त्यसैगरी उनको विपक्षमा लेबर पार्टी छ, जसले उनलाई प्रतिष्पर्धा दिएको देखिन्छ । लेबर पार्टीका प्रमुख नेता एन्थोनी अल्बानीज हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे