
काठमाडौँ , २४ कात्तिक | प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन निर्देशन दिएका छन्।गत स्थानीय तहको निर्वाचनमा दृष्टिबिहीन वा शारीरिक अशक्तता भएका मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन निर्वाचन आयुक्त थपलियाले बताए।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने , ‘स्थानीय तहको निर्वाचनको हाम्रो अनुभवले के देखाएको छ भने, दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेश बनी मतदान गरिदिएको र आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको भनि अरुमार्फत मतदान गराएका केही उदाहरण पनि आएका छन् , ‘मतदानको सन्दर्भमा यो गम्भीर प्रकृतिको कसुर हो। यस्ता कार्यलाई कहीँ कतैबाट हुन नदिनको निम्ति सचेत रहन म सबैलाई आग्रह गर्दछु।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे