
निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायको पद तथा गोपनीयताको शपथ ग्रहण रोक्न निर्देशन दिएको छ ।विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला उपाध्याय माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुको मुद्दा विचाराधीन रहेको पत्र पठाएपछि निर्वाचन आयोगले शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे