
काठमाडौँ ,३० कात्तिक | चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जानेको छ ।
कानूनी व्यवस्था अनुसार चितवन-२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने आयोगले जानेको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक कामकाज संकलनको काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शार्मा पौडेलले बताए ।लामिछानेको जवाफ जवाफ निर्वाचन आयोगसमक्ष जानकारी गराइने र सोहि अनुरुप उजुरी माथिको प्रकृया अगाडि बढ्ने प्रवक्ता पौडेलले बताए ।
उता लामिछानेले भने सामािजक सञ्जाल मार्फत उनले नागरिकताका विषयमा चार वर्षअघि नै सल्टाइसकेको बताउँदै अहिले अनेक खालको प्रपञ्च भइरहेको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे