
असहाय बृद्ध बृद्धा लाई सहारा दिने र उनिहरूको पालन पोषण गर्ने उद्देश्यले काठमाण्डौको बौद्ध, नयाँ बस्तीमा सदगमय बृद्ध कुटी सन्चालनमा आएको छ ।यो कुटीको सोमबार एक कार्यक्रमबीच सन्चालक सृजना उप्रेती र उनको परिबारले रिबन काटेर शुभारम्भ गरेका थिए । सन्चालक सृजना उप्रेतीले नेपालमा रहेकी आफ्नी आमा शिबमाया उप्रेती र पिता रामप्रसाद उप्रेतीको नाममा यो कुटी सन्चालनमा ल्याएकी हुन् । लामो समयदेखी अमेरिकामा बस्दै आएकी उप्रेती अमेरिकामा पनि सामाजिक अभियन्ता र समाजसेबीका रूपमा चिनिन्छिन ।
कुटीमा कोही नभएका बृद्धहरूलाइ निःशुल्क खान, बस्न र औषधी उपचार गरिने जानकारी दिइएको छ । आफ्नी छोरीको यस्तो मनकारी कार्यको प्रशंसा गर्दै उप्रेतीकी पिता रामप्रसाद उप्रेतीले छोरीको धर्म लाग्ने यस्तो कार्यबाट अरूले पनि सिक्नु पर्ने कुरा बताउनुहुन्छ भयो कुटीको संरक्षण र आगामी यात्राका लागि ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको पनि साथ रहने जानकारी दिइएको छ ।
शिक्षा क्षेत्रमा आवद्ध ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले समय समयमा सामाजिक कृयाकलाप र समाजसेबामा पनि आफ्नो उपस्थिति जनाउंदै आएका ऐजुकेसन एण्ड माइग्रेसन कर्नरका सिड्नी डाइरेक्टर सुनिल उप्रेतीले जानकारी गराउनु भयो बृद्ध कुटी सन्चालनको यस्तो कार्यबाट मनमा शान्ति र असहायहरूबाट आशीष पाइने मनकारी कार्यको नबराज प्रसाईले खुलेर प्रशंसा गरे ।
कुटीको आफ्ना आमा बुबाको नाममा उप्रेती परिबार शरद उप्रेती,सृजना उप्रेती,अन्जना उप्रेती, दिब्यानी खरेल उप्रेती र सुनिल उप्रेतीले रेखदेख र संरक्षण गर्ने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे