
काठमाडौँ । देशभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरोध हुने राजमार्गहरुमा सङ्खुवासभाको कोशी राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, अरनिको राजमार्ग, रुकुम, हुम्ला, जाजरकोट, र नुवाकोट लगायतका क्षेत्रमा सडक अवरुद्ध भएका हुन्।
त्यस्तै, काठमाडौँ–नुवाकोट सडकखण्ड, बाग्लुङ, नवलपरासी, मुस्ताङ र रोल्पाका केही राजमार्गहरू एकतर्फी सञ्चालनमा रहेका छन्। सोमबार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे