
काठमाडौं, साउन ३० – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले तय गरेका लक्ष्यहरू पूरा गर्न सबै निकायलाई सकृय हुन निर्देशन दिएका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले औसत प्रयासले काम नहुने भएकाले कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको बताए।
अर्थमन्त्रीले निजी क्षेत्रको मनोबल बढाउन नीति, कार्यक्रम र संवाद बढाइएको उल्लेख गर्दै थप अध्ययनको खाँचो औंल्याए। राष्ट्रिय योजना आयोगका उपाध्यक्षले ‘इकोनोमिक कन्फिडेन्स’ बढाउनुपर्ने बताए भने राष्ट्र बैंकका गभर्नरले सरकारले केही क्षेत्रमा थप पूस दिनुपर्नेमा जोड दिए।
राजस्व सचिवले प्रशासन सुधार गर्नुपर्ने बताए, र अर्थ सचिवले विगतका नतिजा हेरेर काममा केन्द्रित हुनुपर्ने उल्लेख गरे। अन्य सहभागीहरूले योजना कार्यान्वयनमा देखिने समस्या तुरुन्त समाधान गर्दै अगाडि बढ्दा राम्रो नतिजा आउने धारणा राखे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे