
काठमाडौं,असार ७ गते ।एजुकेसन म्यार्टसले इन हाउस मल्टी डेस्टीनेसन एजुकेसन फेयर सम्पन्न गरेको छ ।
जुन २० तारिकका दिन होटेल हार्दिकमा आयोजना गरिएको उक्त फेयरमा विभिन्न देशका शैक्षिक गन्तव्यहरूका उत्कृष्ट कलेज, विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
त्यस्तै विधार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको उक्त फेयरमा उत्कृष्ट शैक्षिक गन्तव्यहरु तथा रहेको शैक्षिक संस्थाहरुले उपलब्ध गराएको शैक्षिक कोर्शहरु, अप्लाई प्रोसेस, फी स्ट्रक्चर, स्कलर सिप तथा अध्यन पश्चातका विभिन्न अवसरहरुको बारेमा शैक्षिक परामर्श प्रदान गरीएको थियो । विधार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको उक्त फेयरमा उनीहरूले एउटै स्पटबाट उत्कृष्ट गन्तव्यहरूको बारेमा जान्ने अवसर प्रदान गरेकोमा एजुकेसन म्यार्टसलाई धन्यवाद व्यक्त गरेका थिए ।
नेपाली विधार्थी तथा अभिभावकहरूलाई उनीहरूले रुचाएको र उनिहरूको उज्ज्वल भविष्यको लागी उत्कृष्ट शैक्षिक संस्थाहरू साक्षात्कार गराउदै उनिहरूलाई विभिन्न अवसरहरूको बारेमा जानकारी गराउने हेतुले आयोजना गरिएको इन हाउस मल्टी डेस्टीनेसन एजुकेसन फेयर सफलता पूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै संस्थाका डाइरेक्टर अफ अपरेसन श्रीजन धिताल ले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे