• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

१0 मिनेट अघि
२

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

५५ मिनेट अघि
३

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

१ घण्टा अघि
४

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

१ घण्टा अघि
५

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

१ घण्टा अघि
६

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

१ घण्टा अघि
७

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

१ घण्टा अघि
८

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

१ घण्टा अघि
९

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

२ घण्टा अघि
१०

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

२ घण्टा अघि
११

दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते

२ घण्टा अघि
१२

आजको मौसम

२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
राससप्रकाशित मिति: २०७९ श्रावण ५, बिहिबार (३ साल अघि)

देख्नेहरू भन्छन्– ‘यो पनि सरकारी स्कुल हो र ?

  • 3,209 Views
  • काठमाडौँ, ५ श्रावण । झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरी स्वरूप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि राम्रो सभाकक्ष हुनु पनि विद्यालयको विशेषता बनेको छ ।

    साँखुमा रहेको भगवती माध्यमिक विद्यालय पुग्ने जो कोहीले पनि भन्छन्– ‘सरकारी स्कुलको भवन पनि कति राम्रो ।’ बाहिरबाट हेर्दा सुन्दर देखिएको विद्यालयभित्र पुग्दा यहाँ विद्यार्थीको सङ्ख्या उल्लेख्य छ । विद्यालयमा व्यवस्थापन समिति, प्रशासन र शिक्षक–कर्मचारी पनि मिलेर काम गरेको देख्न सकिन्छ ।

    बसपार्कबाट नजिकै रहेको विद्यालय तीन महिना पहिले मात्र हस्तान्तरण भएको हो । अहिले यहाँ झन्डै ६ सय जनाको हाराहारीमा विद्यार्थी रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार वाइबाले बताउनुभयो । एक दशक पहिलेसम्म एक सय जना हाराहारीमा विद्यार्थी र लथालिङ्ग विद्यालय अहिले सबै मिलेर व्यवस्थित बनाइएको हो । पहिले सरकारी विद्यालयजस्तै शिक्षकले ध्यान नदिएका र व्यवस्थापन समिति र प्रशासनले कडा गर्न नसकेका कारण विद्यालय लथालिङ्ग बनेको उहाँको भनाइ थियो।

    प्रशासनलाई कडा बनाएर शिक्षकले मेहनत गर्न थालेकाले अहिलेको अवस्थामा विद्यालय आइपुगेको अध्यक्ष वाइबाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पटक–पटक बैठक बसेर कसरी शिक्षकले पढाउन मन दिन्छन् भनेर छलफल गरी योजना बनाइएको थियो ।’ पहिले विद्यालयमा गएपछि विद्यार्थी आफैँ पढ्छन् भन्ने अभिभावकमा भावना रहेकोमा अहिले अभिभावकलाई विद्यालयमै बोलाएरै उनीहरूका सन्तानका बारेमा छलफल गरिँदै आइएको छ । घरमा पढ्छ पढ्दैनन् भनेर खासगरी परीक्षा आउनु पहिले र नतिजाको समयमा छलफल गर्ने गरिएको छ । अभिभावकले मेरो बच्चा कस्तो पढ्दैछ भन्ने नबुझेसम्म बच्चाले नपढ्ने हुँदा शिक्षक–अभिभावक छलफल नियमित गरिएको अध्यक्ष वाइबाले बताउनुभयो । शिक्षकले सबैलाई एउटै तरिकाले पढाउने र अभिभावकले ध्यान दिँदा मात्रै विद्यार्थीले ध्यान दिने उहाँले बताउनुभयो ।

    एक दशक पहिले एउटा कक्षामा औसत १०/१५ जना विद्यार्थी थिए । अहिले धेरैजसो कक्षामा ४० जना विद्यार्थी छन् । पछिल्ला केही वर्ष मेरो सन्तानलाई पनि भर्ना गरिदिनु पर्‍यो भनेर अभिभावक आइरहँदा पनि ठाउँ अभावका कारण अरू विद्यालयमा पढाउनु परेको अध्यक्ष वाइबले बताउनुभयो । दातृ संस्थाले एउटा कक्षामा ४० जना विद्यार्थी मात्रै राख्न सकिने गरी टेबुल, कुर्सीको व्यवस्था गरेको छ । कक्षाकोठाको आकार ठूलो भए पनि टेबुल कुर्सी नहुँदा विद्यार्थी थप गर्न नसकिएको उहाँले बताउनुभयो । विद्यालयले त्यस्तै टेबुल, कुर्सी खोजेकामा नपाइएको जानकारी दिँदै अध्यक्ष वाइबाले भन्नुभयो, ‘मिल्दो खालको टेबल, कुर्सी राखेर पनि अर्को वर्षदेखि थप विद्यार्थी भर्ना लिनुपर्छ ।’

    धेरैजसो सामुदायिक विद्यालयमा स्थानीय विद्यार्थी नै पढ्न नआउने समस्या यो विद्यालयमा छैन । यहाँ टाढा–टाढाबाट धाएर, बहालमा बस्ने र स्थानीय गरी सबै किसिमका विद्यार्थी अध्ययनरत छन् । एकताका यहाँ आउने विद्यार्थी टाढा–टाढाका र अन्य ठाउँमा घर भएर यहाँ बहालमा बस्ने मात्रै थिए । पहिले लप्सेफेदी, पालुबारी, इन्द्रायणीलगायत ठाउँबाट यहाँ पढ्न आउँथे । अहिले ती ठाउँका विद्यार्थीसँगै स्थानीयवासीको पनि प्राथमिकतामा यो विद्यालय परेको छ । उहाँले भन्नुभयो, ‘निजी विद्यालयबाट निकालेर पनि हाम्रोमा भर्ना गर्न थालेका छन् ।’ निजी विद्यालयबाट झिकेर ६ र सात कक्षामा यहाँ ल्याउने बढी छन् । धेरै अभिभावकलाई सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढ्न पाउँँदा उच्च शिक्षामा सजिलो हुन्छ भन्ने धारणा पाइन्छ र सामुदायिकमध्ये यही विद्यालय छानेको पाइन्छ । कतिपयले भने पढाइमा निजीभन्दा कम छैन भनेर पनि यहाँ ल्याएको विद्यालयले जनाएको छ ।

    विद्यालयले अहिले कक्षा सातसम्म अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । अङ्ग्रेजी माध्यममा पढाउँदा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको अध्यक्ष वाइबाले बताउनुभयो । सरकारी पुराना शिक्षकलाई जति तालिम दिए पनि गर्न गाह्रो रहेकाले निजी स्रोतबाट राखिएको उहाँले बताउनुभयो ।

    विद्यालयमा स्थायी शिक्षक÷कर्मचारी मात्रै पर्याप्त नहुँदा आन्तरिक स्रोतबाट राखिँदै आइएको विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठले बताउनुभयो । विद्यालयले विद्यार्थीबाट सहयोग शुल्क स्वरूप वर्षमा एक सय रुपैयाँ लिने गरेको छ । सबै किसिमका शुल्क गरी १० कक्षामा एक वर्षमा झन्डै एक हजार पाँच सय रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो । प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो, ‘कक्षा ११ र १२ मा विद्यार्थीबाट लिइएको शुल्कबाट शिक्षकलाई तलब दिइने गरिएको छ भने तल्लो कक्षामा यहाँका विद्यार्थीलाई न्यून तलबमा राखिएको छ ।’

    विद्यालयमा अहिले छात्रा ६० प्रतिशत र छात्र ४० प्रतिशत हाराहारीमा छन् । अहिलेको भवन विसं २०७४ मा निर्माण सुरु गरिएको थियो । यो भवन डेढ वर्षमा सक्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण लम्बिएको थियो । पहिले एक तलाको भवन २०७२ सालको भूकम्पमा चर्किएपछि अस्थायी भवनमा पढाइएको थियो । उहाँले भन्नुभयो, ‘पाँच वर्षपछि मात्रै हामी यहाँ सर्न पाएका छौँ ।’

    पहिले विद्यालयको सबै कामका लागि जिल्लामा रहेको शिक्षा कार्यालय जानुपर्नेमा संविधानले माध्यमिक तहको शिक्षाको जिम्मेवारी पालिकालाई दिएपछि धेरैजसो काम नगरपालिकाबाटै हुने गरेको छ ।

    नगरपालिका जाँदा नजिकै र सम्पर्क गर्न सजिलो भए पनि अरू किसिमका झन्झट भइरहेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । पालिकाबाट तलब पठाउन गाह्रो र नपुग्ने गरी पठाउने र ढिला गर्ने समस्या रहेको उहाँले बताउनुभयो । प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो, ‘अहिले धेरै काममा बढी सोधखोजले चाँडो हुने काममा पनि ढिलाइ भइरहेको छ ।’ जिल्ला शिक्षा कार्यालयमा कर्मचारी मात्रै हुँदा सबैलाई एकै किसिमको व्यवहार भए पनि अहिले राजनीतिक व्यक्ति हुँदा विभिन्न किसिमका समस्या आउने गरेको अध्यक्ष वाइबले बताउनुभयो । कहिले–कहिले जनप्रतिनिधि र कर्मचारीबीच कुरा नमिलेमा आज हुनुपर्ने काम तीन महिनापछि हुने गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि राजनीतिक पृष्ठभूमिको हुँदा पूर्वाग्रहले कतै नजिक र टाढा हुने सम्भावना हुन्छ ।’

    विद्यालयको व्यवस्थापन र कर्मचारी दुवैले यहाँको विद्यार्थी देश र विदेशमा प्रतिस्पर्धा गर्न सक्ने होस् भनी लागिएको अध्यक्ष वाइबाले बताउनुभयो । सरकारको नीतिअनुसार चल्नुपर्दा आफूले चाहेर पनि विद्यालय सुधारका लागि झट्ट केही गर्न नसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘हामीसँग आर्थिक स्रोत नहुँदा कतिपय कुरा चाहेर पनि झट्ट कार्यान्वयन गर्न नसकिने अवस्था छ ।’ यहाँको पूर्वाधार बनिसकेकाले अबको ध्यान विद्यालयको शैक्षिक अवस्था सुधारमा नै रहेको छ । कोरोनापछि पढाइका लागि र समय पर्याप्त हुँदा धेरै बालबालिकाको हातमा जुनसुकै समयमा मोबाइल भएकाले पढाइमा असर पर्न थालेको छ । अध्य

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    १0 मिनेट अघि

  • २

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ५५ मिनेट अघि

  • ३

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    १ घण्टा अघि

  • ४

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    १ घण्टा अघि

  • ५

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    १ घण्टा अघि

  • ६

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    १ घण्टा अघि

  • ७

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    १ घण्टा अघि

  • ८

    इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन
    १ घण्टा अघि

  • ९

    समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?
    २ घण्टा अघि

  • १०

    रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ६

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution