
काठमान्डौ | दिल्ली हाई कमिसन क्यानडा र क्यानडाका शैक्षिक संस्थाका प्रतिनिधिहरू द्वारा इडु क्यानाडा मिसन टु नेपाल आयोजना यसै साता क्यानडा हाई कमीसन न्यु दिल्ली टिमले नेपालमा आई क्यानडा मिसन टु नेपाल नामक कार्यक्रम आयाेजना गरेकाे छ। उक्त कार्यक्रममा क्यानडा हाई कमिसनकी फस्ट सेके्टरी माइग्रेसन एलिना आर बोल्बोबाले शैक्षिक प्रणाली इमिग्रेसन क्राईटेरीया र क्यानडाका उत्कृष्ट यूनिभर्सिटी, कलेज र इन्स्टिच्युटका प्रतीनिधीहरुले शैक्षिक परामर्श व्यवसायीहरूलाई र विध्यार्थीहरुलाई क्यानडाकाे शैक्षिक प्रणाली आफ्नाे सस्थाकाे जानकारी र भर्ना प्रकृयाकाे बारेमा जानकारी गराएका थिए ।साेही सन्दर्भमा शैक्षिक परामर्श व्यवसायीहरूलाई टेर्ड कमिसनर एजुकेसन अनुज भासीन र फ्स्ट सेक्रेटरी माइग्रेसन एलिना आर बोल्बोबा समक्ष भिजा प्रकृया र शैक्षिक प्रणाली सङ्ग सम्बन्धित जिज्ञासाहरु राखेका थिए। विश्व विध्यालय तथा कलेजका प्रतीनिधीहरुले आफ्नाे स्टल मार्फत विध्यार्थीहरुलाई परामर्श समेत प्रदान गरेका छन् ।
क्यानडाका उत्कृष्ट २४ विश्वविध्यालय कलेज र इन्स्टिच्युट प्रतिनीधीहरु सहितकाे जम्बाे टाेलीले शिक्षा मन्त्रालय लगायत नेपालकाे उच्च शैक्षिक सस्थाहरुकाे भ्रमण समेत गरिने नेपाल टे्ड कमिसन सर्भिस क्यानडाका टेर्ड एड्भाइजर द्व्यराज सिवाकोटीले जानकारी गराउनु भयाे।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे