
काठमाडौं । विश्व बैङ्कको नयाँ रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धि अहिले कमजोर हुने देखिएको छ। पश्चिम एसियामा भइरहेको द्वन्द्व र २०८२ भदौको जेनजी आन्दोलनको असरका कारण चालु आर्थिक वर्षमा नेपालको वृद्धि दर करिब २.३५ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै आधा कम हो।
पर्यटन घट्नु, ढुवानी खर्च बढ्नु र सामान आपूर्तिमा समस्या आउन सक्ने भएकाले सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने बताइएको छ। साथै, वैदेशिक रोजगारीबाट आउने रकम पनि घट्न सक्ने चिन्ता छ।
तर सकारात्मक पक्ष पनि छन्। राजनीतिक स्थिरता बढ्नु, पर्याप्त विदेशी मुद्रा सञ्चिति हुनु र सुधारका प्रयासले लगानी बढ्न सक्छ। आगामी वर्षहरूमा पुनर्निर्माण, जलविद्युत् विकास र चुनावसँग सम्बन्धित खर्चका कारण आर्थिक वृद्धि फेरि करिब ४.४५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे