
काठमाडौँ। एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपालका पदाधिकारीहरू र भिएफएसका प्रतिनिधिबीच आज महत्वपूर्ण छलफल सम्पन्न भएको छ। एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपालका अध्यक्ष लक्ष्मण पौडेल एन्ड्र्युज्यू, महासचिव भवनाथ हुमागाईंंज्यू, प्रथम सचिव सुरज सिलवालज्यू, द्वितीय सचिव आशिक कार्कीज्यू तथा सह–कोषाध्यक्ष गोविन्द खनालज्यूको उपस्थितिमा सम्पन्न बैठकमा वैदेशिक अध्ययनसम्बन्धी आवेदन प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको हो।
बैठकमा आगामी इन्टेकलाई लक्षित गर्दै जापान अध्ययनका लागि आवश्यक आवेदन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। यस क्रममा एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपाल सदस्यहरूले आवेदन प्रक्रियाका क्रममा भोग्दै आएका व्यावहारिक समस्या, प्रक्रियागत जटिलता तथा ती समस्या समाधानका सम्भावित उपायहरूबारे स्पष्ट रूपमा आफ्ना धारणा राखेका थिए।
त्यसैगरी, बेलायत अध्ययनसम्बन्धी विभिन्न प्रक्रियागत विषयहरू पनि बैठकको एजेन्डामा समेटिएका थिए। ती विषयमा भिएफएस का पदाधिकारीहरूले समस्या समाधानका लागि आवश्यक पहल यथाशीघ्र अघि बढाउने सकारात्मक प्रतिबद्धता व्यक्त गरेको एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपालले जनाएको छ।
एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपालले आफ्ना सदस्य संस्थाहरूलाई सहज, पारदर्शी तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्यले सरोकारवाला निकायहरूसँग निरन्तर संवाद र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे