
काठमाडौँ, २८ असोज । इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओमा आजदेखि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गर्न लागेको हो।
यसमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।
बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आवेदन आज कार्यालय समयदेखी कार्तिक १ गतेसम्म दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे