
काठमाडौँ , माघ २९ । सोमबारको विनाशकारी भूकम्पपछि दक्षिणी टर्कीमा अशान्तिले केही ठाउँमा उद्धार कार्यमा बाधा पुगेको तीन उद्धार समूहले बताएका छन्।भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेमा २८ हजार एक सय ९२ जना पुगेको छ भने हजारौँ घाइते भएका छन्।
उद्धारको बाबजुद पनि धेरै बाँच्नेहरू फेला पार्ने आशा घट्दै गएको छ।खाद्यान्न आपूर्ति घट्दै जाँदा सुरक्षा झन् बिग्रने अपेक्षा गरिएको छ । टर्कीका राष्ट्रपतिले कानून उल्लङ्घन गर्ने जो कोहीलाई सजाय दिन आपतकालीन शक्ति प्रयोग गर्ने बताएका छन्।
हालसम्म टर्कीमा २४ हजार छ सय १७ जनाले ज्यान गुमाएको उपराष्ट्रपति फुवाट ओक्टेले बताएका छन्। सिरियामा तीन हजार पाँच सय ७५ जनाको ज्यान गएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे