
एजेन्सि । अफगानिस्तानमा गएको भूकम्पले क्षतविक्षत पारेको छ । भुकम्पमा परि अहिलेसम्म ९ सय २० पुगेको छ। घाइते हुनेको संख्या ६ सयभन्दा बढी पुगेको छ। ९ सय २० भन्दा बढी मानिसको ज्यान गएको छ। अफगानिस्तानमा गएको भुकम्पको कम्पन पाकिस्तानमा पनि महसुस भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका । अफगानिस्तानको राज्य सञ्चालित समाचार संस्थाले देशको पूर्वी पक्तिका प्रान्तमा गएको भूकम्पमा परी कम्तीमा ९ सय २० जनाको मृत्यु भएको जनाएको छ।मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
तालिबान प्रशासनको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख मोहम्मद नसिम हक्कानीले बताएअनुसार भूकम्पबाट भएको सबैभन्दा भयावह विनाश पाक्टिका प्रान्तमा भएको थियो, जहाँ कम्तीमा ९ २० जना मारिएका थिए र। उनले भने पूर्वी प्रान्त नानगरहर र खोस्टमा पनि मृत्यु भएको र अधिकारीहरू उद्धार कार्यमा सहभागी भएका छन्। ‘बख्तर’ समाचार एजेन्सीले अर्कौ खबरमा बताए अनुसार उद्धारकर्ताहरू हेलिकप्टरमार्फत घटनास्थलमा आइपुगेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे