
काठमाडौँ । सङ्खुवासभा र ताप्लेजुङको सीमाक्षेत्र नजिक शुक्रबार बिहान ३:१८ बजे ४:७ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापनमा भूकम्प गएको हो।
भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको बताइएको छ। यद्यपि हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै जानकारी प्राप्त भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे