
काठमाडौं, साउन २० — म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्र केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय परिमाण ४.५ मापन गरिएको हो। हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आइसकेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे