
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फागुन १६ गते बिहान २:५१ बजे ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार भूकम्पका कारण भौतिक सम्पत्तिमा क्षति पुगेको थियो भने केही व्यक्ति घाइते भएका थिए।
प्रहरीका अनुसार भूकम्पका कारण तीन वटा घर आंशिक रूपमा र एउटा घर पूर्ण रूपमा क्षति पुगेको थियो। यस्तै, एक गोठ र एक प्रहरी कार्यालय आंशिक रूपमा क्षतिग्रस्त भएको थियो। भूकम्पका कारण तीन परिवार विस्थापित भएका थिए भने सामान्य चोट लागेका छ जनाको उद्धार गरिएको थियो।
यस भूकम्पबाट सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, धादिङ, भोजपुर, काठमाडौं, र काभ्रेपलाञ्चोक जिल्लामा असर परेको थियो।
नेपाल प्रहरीले आपतकालीन अवस्थामा १०० नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे