
काठमाडौँ, १३ बैशाख ।इ क्यान ललितपुरले आफ्ना सदस्यहरू बीच शैक्षिक परामर्श व्यवसायको वर्तमान अवस्था, चुनौतीहरू र भविष्यका रणनीतिहरूबारे छलफल गर्न आयोजना गरिएको मिटिङ अफ माइन्ड नामक अन्तरक्रियात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा आइक्यानका केन्द्रीय अध्यक्ष शेषराज भटराई, पूर्व अध्यक्ष प्रकाश पाण्डे, आइक्यान केन्द्रीय समितिका सदस्यहरुको प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
आइक्यान ललितपुरका अध्यक्ष अरविन्द सिंहले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको विवरण साझा गर्नुभयो ।
आइक्यानका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श व्यवसायको वर्तमान अवस्था, चुनौति र भावी कार्यका बारेमा चर्चा गरेका थिए ।
वेद इन्टरनेशनलका प्रतिनिधि र दिराज धितालले हसनाटी टिलोटसन विश्वविद्यालयका बारेमा जानकारी प्रस्तुत गरेका थिए । आइक्यानका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेलले नेटवर्किङ मार्फत परामर्श व्यवसायमा पारदर्शिता बढाउन सबै सदस्यहरूले आ–आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आइक्यान ललितपुरका सदस्यहरुले आ–आफ्ना जिज्ञासा राखेका थिए जसको जवाफ आइक्यानका केन्द्रीय अध्यक्ष शेषराज भटराईले दिनुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे