
काठमाडौँ । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेनजी’ युवाहरूले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका हुन् । ‘देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,’ प्रसाईंले भनेका छन् । जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युब, इन्स्टाग्राम र टिकटकलाई बन्द गर्ने निर्णय गरेको छ। सो निर्णयले युवापुस्तामा असन्तोष बढाएको छ। जेनजी पुस्ताले यो निर्णय नागरिक अधिकार हनन् भएको भन्दै विरोध जनाएका हुन्।
युवाहरूले यस प्रदर्शनमा ललिता निवास जग्गा प्रकरण, ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, बेरोजगारी र सुशासनको अभावजस्ता मुद्दा प्रमुख एजेन्डा बनाउने बताएका छन्। उनीहरूले देशमा पारदर्शी शासन, रोजगारी सिर्जना र नागरिक अधिकारको सम्मान हुनुपर्ने माग राखेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे