
काठमाडौँ , पुस ५ । नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ।
प्राधिकरणका अनुसार, बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरका केही क्षेत्रहरू, जस्तै नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोक, आदि, प्राविधिक जडान कार्यका कारण विद्युत् आपूर्ति प्रभावित हुनेछ।
प्राधिकरणले सो क्षेत्रका सम्पूर्ण ग्राहकबाट उत्पन्न हुने असुविधाप्रति क्षमा प्रकट गर्दै, कार्य निर्धारित समयभन्दा पहिले सम्पन्न भएमा विद्युत् आपूर्ति पनि सोहीअनुसार समयअघि शुरु हुने जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे