
काठमाडौँ ,९ असोज | सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आजबाट अवकाश हुँदैछन् ।सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश कार्कीले ६५ वर्षको उमेरहदका कारण अवकाश पाउन लागेका
सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
कार्कीले गत फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कायममुकायमको रुपमा सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए।कार्कीको विदाइका लागि आज ३ बजे कार्यक्रमको आयोजना गरिएको छ ।
भोलिदेखि दशैं बिदा सुरू हुने भएकाले सर्वोच्च अदालत बन्द रहनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे