• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १४, सोमबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपसभामुख इन्दिरा रानाले छाडिन् सरकारी निवास

१0 घण्टा अघि
२

“न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली

१७ घण्टा अघि
३

क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

१८ घण्टा अघि
४

समानुपातिक उम्मेदवार सूची पेस गर्ने प्रक्रिया सुरु

१८ घण्टा अघि
५

प्रतितोला २ लाख ७० हजार ६ सय पुग्यो सुनको भाउ

१८ घण्टा अघि
६

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत,अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको परिचय गराउने,चलचित्रमा रूपान्तरण गर्ने योजना

१८ घण्टा अघि
७

प्रणाली स्तरोन्नतिपछि एभरेष्ट बैंकको सेवा पुनः सुचारु

२0 घण्टा अघि
८

रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल

२0 घण्टा अघि
९

रवि–बालेन सहमतिप्रति चन्द्र भण्डारीको प्रतिक्रिया :राजनीतिमा सकारात्मक सन्देश

२0 घण्टा अघि
१०

रवि–बालेन सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी :अब कुलमान–प्रचण्ड बाँकी

२१ घण्टा अघि
११

के छ रवि र बालेनबीच भएको ७ बुँदे सहमति पत्रमा?

२१ घण्टा अघि
१२

अब अलमल नगरी चुनावमा जुटौँ : शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीको अपिल

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ २८, आईतबार (२ साल अघि)

खडेरीले खेतमै सुके मकै

  • 1,998 Views
  • खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।

    सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए।

    उनले भने, ‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो।’

    भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएका थिए। सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेका छन्।

    सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेका छन्। सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्।

    उनले भनिन्, ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्नसमेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।’

    कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुन प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्।

    उनले भने, ‘सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ।’ उनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताए।

    उनले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको बताए।

    चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ। उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ। मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन्।

    चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ। माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ। यो मकै जेठ–असारमा पाक्छ। वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ। यसलाई वर्षे मकै भनिन्छ।

    चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ। यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ। यो मकै फागुन–चैतमा पाक्छ। चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उपसभामुख इन्दिरा रानाले छाडिन् सरकारी निवास
    १0 घण्टा अघि

  • २

    “न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली
    १७ घण्टा अघि

  • ३

    क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ
    १८ घण्टा अघि

  • ४

    समानुपातिक उम्मेदवार सूची पेस गर्ने प्रक्रिया सुरु
    १८ घण्टा अघि

  • ५

    प्रतितोला २ लाख ७० हजार ६ सय पुग्यो सुनको भाउ
    १८ घण्टा अघि

  • ६

    ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत,अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको परिचय गराउने,चलचित्रमा रूपान्तरण गर्ने योजना
    १८ घण्टा अघि

  • ७

    प्रणाली स्तरोन्नतिपछि एभरेष्ट बैंकको सेवा पुनः सुचारु
    २0 घण्टा अघि

  • ८

    रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल
    २0 घण्टा अघि

  • ९

    रवि–बालेन सहमतिप्रति चन्द्र भण्डारीको प्रतिक्रिया :राजनीतिमा सकारात्मक सन्देश
    २0 घण्टा अघि

  • १०

    रवि–बालेन सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी :अब कुलमान–प्रचण्ड बाँकी
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

    नेपाल नक्सा
    २

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    ३

    जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन ,सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै गफ चुट्छन्:ज्ञानेन्द्र शाही

    नेपाल नक्सा
    ४

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ५

    नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा

    नेपाल नक्सा
    ६

    राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution