
काठमाडौँ , १९ पुस । बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो।
बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको हो । जिप सडकबाट करिब सय मिटर तल खसेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे