
काठमाडौँ — डा. रामेश्वर खनाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बन्ने तयारीमा छन्। तर उनले मन्त्री भएबापत सरकारले दिने कुनै पनि अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्। बालुवाटार स्रोतका अनुसार, खनालले निजी सुरक्षागार्ड (पीएसओ), सरकारी गाडी लगायतका सुविधा नलिने सर्तमा मन्त्री बन्ने स्वीकृति दिएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले खनालको नाम अर्थमन्त्रीका लागि राष्ट्रपति समक्ष पठाइसकेकी छन् र आज बिहान ११ बजे शपथको तयारी भइरहेको छ। खनाल यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकारको भूमिकामा थिए र त्यतिबेलासमेत उनले कुनै तलब, भत्ता वा सुविधा नलिइ काम गरेका थिए।
उनी एक इमान्दार र व्यावसायिक छवि भएका अर्थशास्त्रीका रूपमा चिनिन्छन्। मन्त्री भएर काम गर्ने भए पनि सरकारी सुविधा नलिने निर्णयले धेरैको ध्यान तानेको छ। खनालको यो निर्णयले पारदर्शिता र इमान्दारिता प्रति प्रतिबद्धता देखाएको भन्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे